विन्ध्येश्वरीमा कक्षाकोठा सजावट प्रतियोगिता

पाेखरा | जेठ २०, २०८२

विन्ध्येश्वरीमा कक्षाकोठा सजावट प्रतियोगिता

पोखरा:    कक्षाकोठालाई सिकाई मैत्री तथा शैक्षिक वातावरणमय बनाउन कक्षागत रुपमा कक्षाकोठा सजावट प्रतियोगिता सम्पन्न गरिएको छ । 

 

पोखरा १ मोहरियाटोलमा सञ्चालित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा पाठ्यपुस्तकमा भएका सिकाई क्रियाकलापहरुको विभिन्न सामाग्री निमार्ण गरी कक्षा सजावट प्रतियोगिताको आयोजना गरिएको हो ।

 

 कक्षा १ देखि कक्षा १० सम्म गरी ३ तहमा वर्गीकरण प्रतियोगिता आयोजना गरिएको प्राचार्य कृष्णकुमार श्रेष्ठले जानकारी दिए । 

 

उनका अनुसार कक्षा १ देखि कक्षा  ३ सम्मको पहिलो तहतर्फ कक्षा २ प्रथम भबन्यो। 

 

यस्तै कक्षा ४ देखि कक्षा ७ सम्मको दोस्रो तहमा कक्षा ६ प्रथम भयो । भने, कक्षा  ८ देखि कक्षा १० सम्मको तेस्रो तहमा कक्षा ८ पहिलो बन्यो । 

 

उक्त प्रतियोगिताको विजयी कक्षाका विद्यार्थीलाई निर्णायक समितिका सदस्य द्वय होमराज अधिकारी र शान्ति रानाले पुरस्कार वितरण गरेकी थिइन् ।
 

काठमाडौं:  नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म ...

थप पढ्नुहोस्

पाल्पा:   शुक्रबार बिहान पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबासमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा शनिनबार थ...

थप पढ्नुहोस्

भक्तपुर:  नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा  भएको छ ।  देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवम् शुभ...

थप पढ्नुहोस्